Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

काठमाडौं, ३० कार्तिक २०७९ । भोजपुरको पौवादुङमा गाउँपालिका–२ को तिवारी भन्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ ।

सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शरद थापाले जानकारी दिनुभयो ।

विस्फोटमा परेर अरुण गाउँपालिका चरम्बीका सुमन श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । श्रेष्ठको खुट्टामा चोट लागेको छ । यसबारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । यो सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहालसमेत सहभागी हुने पूर्व निर्धारित कार्यक्रम थियो । तर उहाँ कार्यक्रमस्थलमा नपुग्दै विस्फोट भएको हो ।

 

तपाईको प्रतिक्रिया