Online Bichar
आइतबार, माघ २७, २०८१ | Sunday, February 9, 2025

झापा, २९ कार्तिक २०७९ । झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमान श्रीमतीको मृत्यु भएको छ । मंगलबार (आज) अन्दाजी ३ः५० बजेको समयमा कन्काई नगरपालिका-७ दुर्गापुर स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६७९४ न.को बसले बिपरित दिशाबाट आउँदै गरेको मे ७ प ५०९२ न.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-६ का ५२ वर्षिय नरेन्द्र मैनाली र पछाडी सवार उनकि श्रीमति ५० वर्षिया सीता देबी मैनालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

उनिहरु दुवैजना घाईते भई उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । बस र बस चालक मोरङ सुन्दरहरैचा नगरपालिका-६ का ४० वर्षिय भुपाल देवान प्रहरीको नियन्त्रणमा रहेको र सो घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया