Online Bichar
शनिबार, साउन ०५, २०८१ | Saturday, July 20, 2024

झापा, २९ कार्तिक २०७९ । झापामा अटोसहित अवैध सामानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार अन्दाजी १२ः३० बजेको समयमा मेचीनगर नगरपालिका-६ भट्टराई चोक स्थितबाट अटोसहित अवैध सामानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मेचि भन्सार कार्यालय काकरभिट्टा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी सहितको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आई रोकी राखेको प्र.१-०१-००१ ह ८३५५ नम्बरको अटोलाई शंका लागी चेकजाच गर्दा अवैध रुपमा भन्सार छली गरी ल्याएको ५८ हजार २ सय मूल्य बराबरको जाडोमा लगाउने टोपी २ सय ८२ थान, बच्चाको ट्राउजर ३ सय थान फेला परेको थियो ।

उक्त अवैध सामान र अटोको मुल्य २ लाख ५० हजार गरी ३ लाख ८ हजार २ सय मूल्य भएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको सामान र अटोलाई आवश्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया