झापा, २९ कार्तिक २०७९ । झापाको बिर्तामोड स्थित बंशल रेडिमेट सेन्टरमा मंगलबार(आज)बिहान आगलागी भएको छ । बिहान अन्दाजी ८ः३० बजेको समयमा बिर्तामोड नगरपालिका-५ का राजु बंशलको सोहि ठाउँको मुक्ति चोकमा रहेको बंशल रेडिमेट सेन्टरमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।
आगलागी भएको जानकारी प्रात्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा ५० जनाको प्रहरी टोली, बिर्तामोड नगरपालिकाको दमकल, कमल गाउँपालिकाको दमकल, भद्रपुर नगरपालिकाको दमकल र स्थानीयबासीहरुको सहयोगमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिएको जनाइएको छ ।