Online Bichar
आइतबार, बैशाख ०९, २०८१ | Sunday, April 21, 2024

काठमाडौं, २६ कार्तिक २०७९ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बेलुका ८ बजेर १२ मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतिबारे विवरण प्राप्त भएको छैन ।

उक्त भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा समेत महसुस गरिएको जनाइएको छ । यसअघि कार्तिक २२ गते डोटी केन्द्रविन्दु भएर लगातार तीन वटा भूकम्प गएका थिए ।

 

तपाईको प्रतिक्रिया