Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

जेबि खड्का
गौरादह, २६ कार्तिक २०७९ । गौरादह जेसीजले थिम सेमिनार कार्यक्रमका साथ जेसीज सप्ताह कार्यक्रम सम्पन्न गरेको छ। जेसीज सप्ताह कार्यक्रमको अन्तिम दिन थिम सेमिनार अन्तर्गत प्रभावका लागि नेतृत्व शिर्षकमा सेमिनार राखिएको थियो। गौरादह-५ को नमुना पाहुना घरमा संचालन गरिएको सेमिनारमा नेपाल जेसीजका पुर्ब राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर भोलेस्वर दुलाल, नेपाल सरकारका उप सचिब तिर्थ खनाल र अनेरास्ववियुकि राष्ट्रिय अध्यक्ष सुनिता बरालले थिम माथि प्रकाश पारेका थिए।

गौरादह जेसीजका पुर्ब अध्यक्ष बद्री कार्कीले प्रस्तुत गरिएको थिमको टिपोट गरेका थिए। गौरादह जेसीजले कार्तिक २२ गते देखि जेसिज सप्ताह कार्यक्रम अन्तर्गत बिभिद कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रम अन्तर्गत गौरादहको सिमा प्रारम्भ हुने स्थान गौरीयामा लागू औषध सचेतनाको ब्यानर राखेको थियो। त्यसैगरी सुरज शिक्षा प्रतिष्ठानमा अध्यानरत १ सय ५० जना बिद्यार्थीहरुको निशुल्क दन्त परिक्षण गरेको थियो। जेसीजले गौरादह-६ को जनज्योति मा।बि। मा लागू औषध सचेतना कार्यक्रम गरेको थियो।

जेसीजले लागू औषध सचेतनाको ब्यानर राखेको थियो। सप्ताह कार्यक्रमको अवसरमा गौरादह-९ को जीवन ज्योती प्रा.बि.मा अध्यनरत ५९ जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको थियो। जेसीज समापन कार्यक्रम गौरादह जेसीज बर्ष २०२२ कि अध्यक्ष बिनिता कटुवालको सभापतित्वमा सम्पन्न भएको थियो। गौरादह नगरपालिकाका मेयर छत्रपती सुवेदी प्रमुख अतिथि रहेका थिए। समापन कार्यक्रममा जेसि सरिता कटुवालले जेसीज आस्था पाठ बाचन गरेकी थिइन। गौरादह जेसीजका कार्यकारी उपाध्यक्ष दुर्लभ कार्कीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए। कार्यक्रम संयोजक निशान अधिकारीले स्वागत मन्तब्य राखेको कार्यक्रममा महासचिव खड्ग बहादुर थापाले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया