झापा, २५ कार्तिक २०७९ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले विभिन्न १३ विधाका १६ जनालाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले एक विशेष समारोहकाबीच उनीहरुलाई पुरस्कृत गरेको हो ।
जसअनुसार कुलपति राष्ट्रिय नवप्रर्वतन पुरस्कार नेपाल कृषि अनुसन्धान परिषद नार्कले पाएको छ भने विज्ञान पुरस्कार डा। कोमलराज रिजाल, प्रविधि पुरस्कार प्रा। डा। सुदर्शनराज तिवारी तथा विज्ञान तथा प्रविधि युवा पुरस्कार डा. निरञ्जन कोइराला, डा. लक्ष्मी कुमार पराजुली, डा. प्रदीप कुमार पौड्याल, डा. रक्षा डंगोल र डा. अनु भट्टराईले प्राप्त गरेका छन् । उनीहरुलाई नास्टका उपकुलपति डा सुनिल बाबु श्रेष्ठले पुरस्कार हस्तान्तरण गरे।
त्यस्तै महिला विज्ञान तथा प्रविधि पुरस्कार डा. बबिता पौडेल, प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार कमल रानाभाट र प्रकाश चन्द्र अमात्य, विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार छत्र कार्कीले पाएका छन् । पुरस्कार पाउनेमध्ये पोखराका डा. निरञ्जन कोइरालालाई -नेपालको पहाडी र तराई क्षेत्रमा पाइने जंगली वनस्पति तथा जडीबुटीहरुमा विद्यमान औषधिजन्य रासायनिक पदार्थहरुको पहिचान एवं उपयोगिता सम्बन्धी अनुसन्धान गरी योगदान पुर्याए बापत यो पुरस्कार प्रदान गरिएको जनाइएको छ ।