Online Bichar
सोमबार, बैशाख ०३, २०८१ | Monday, April 15, 2024

झापा, २४ कार्तिक २०७९ । झापामा सामान्य वादविवादको क्रममा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । बुद्धशान्ति गाउँपालिका-१ बुधबारेका २६ वर्षिया सपना गोरडलाई ३२ वर्षिय रघुनाथ गोरडले हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

आज (बिहिबार) बिहान अन्दाजी ३ बजेको समयमा दुईजना बिच सामान्य वादविवाद हुँदा श्रीमानले पानी खाने करुवाले श्रीमतीको टाउकोमा प्रहार गर्दा उनको घट्ना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । देश भारत महाराष्ट्र गुरेली ग्राम पंचायत घर भई बुद्धशान्ति गाउँपालिका१ बुधबारेमा घर डेरा लिई उनिहरु सुन पसल संचालन गर्दै आएका थिए । करुवा प्रहार गर्ने श्रीमान रघुनाथ लाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया