Online Bichar
सोमबार, आषाढ ३२, २०८१ | Monday, July 15, 2024

अनलाइनविचार संवाददाता
गौरादह, २२ कार्तिक २०७९ । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको सदस्य पदका स्वतन्त्र उम्मेद्वार रोहित प्रसाद पौड्यालले मुलकमा स्थायी शान्ति आमूल परिबर्तन र दिगो बिकासका लागि उम्मेद्वारी दिएको बताएका छन।उमेदवार पौड्यालले गौरादहमा पत्रकार सम्मेलन गरि प्रजातन्त्र आए पछाडि सरकार चलाएका राजनीतिक दलका नेताहरुले देशभित्र जनचाहना र दिगो बिकासका काम गर्न नसकेकाले देश र जनतका हितमा काम गर्न स्वतन्त्र उमेदवार दिएको बताएका छन।

झापा क्षेत्र नं.५ का मतदाताको ईच्छा,चाहना र भावनाको कदर गर्दै स्वतन्त्र उमेदवारी दिएकाले चुनाव चिन्ह सिलिन्डरमा मतदान गरि आफुलाई बिजय गराउनेमा आशावादी रहेको धारणा राखेका छन। राजनीतिक दलका नेताहरु प्रति जनतामा नैरस्यता आएकाले यस पटकको निर्वाचनमा ठुला र शक्तिशाली राजनीतिक दलका नेताहरु बढारिएर जाने दाबी समेत गरेका छन। जनता सचेत भईसकेकाले भ्रष्टाचारी नेताहरुलाई ब्यालेटको माध्यमबाट जनताले पाखा लगाउने बताउदै मुलुकमा बढिरहेको बिदेशी हस्तछेपबाट बचाउन स्वतन्त्र उमेदवारको संख्या बढेको ईस्पस्ट पारेका छन।सत्ता साझेदार नेताहरूले देशको अर्थतन्त्र विकराल अवस्थामा पुर्याई मुलुक टाट पल्टिने अवस्थामा पगेकाले जनताले बिचार गरेर मतदान गर्नुपर्ने समय आएको धारणा राखेका छन। कुनै दलको समर्थन र बिरुद्धमा मेरो उमेदवारी नभई दलका नेताहरुको झुटको खेतीको अन्त्य गर्न र जनताका दुख शुखमा साथ दिन उमेदवारी दिएको बताएका छन।

राजनीतिक दलका नेताहरुले चुनावी समयमा जनताका अगाडि आएर झुटा आस्वासन दिएर बिजय भएर गएपछि जनताको हितमा काम गर्नुको सट्टा मुलुकलाई नै गम्भीर संकटमा लगेको दाबी गरेका छन। राष्ट्रियता प्रति संबेदनशील भएर मतदान गर्न आग्रह गर्दै चुनावमा आफ्नो हार जित भन्दापनि जनताले गलत ठाउँमा मतदान गरे मुलुकले हार्ने दाबी गरेका छन। यस निर्वाचनमा अन्य दलका नेतृत्वमा रहेका साथीहरूको सहयोग समेत रहेकाले आफुलाई जनताले बिजय गराउने बिस्वास रहेको बताएका छन।सरकारले जनतालाई आत्मा निर्भर बनाउदै प्राथमिकताका आधारमा काम गर्न नसकेको बताउदै मुलको अर्थतन्त्र बिदेशीको हातमा सुम्पने अवस्थामा पुगेको दाबी गरेका छन।शिक्षा र स्वास्थ्यमा ब्यापारी करण भएको दाबी गर्दै शिक्षा, स्वास्थ्य सर्वसाधारणको पहुच भन्दा बाहिर गएको बताएका छन।

तपाईको प्रतिक्रिया