Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, २१ कार्तिक २०७९ । झापा क्षेत्र नं.५ का स्वतन्त्र उमेदवार राम चन्द्र बानियाँले राजनीतिक दलबाट प्रतिनिधित्व गरेका सांसदहरुले दलगत स्वार्थ भन्दा माथि उठेर मुलुक र जनताको हितमा काम गर्न नसकेकाले आफुले स्वतन्त्र उमेदवार दिएको बताएका छन। बानियाँले गौरादहमा पत्रकार सम्मेलन गरि दलका नेताहरुले चुनाबका समयमा घोषणा पत्रमार्फत जनतालाई बिकास निर्माणको आस्वासन दिएर चुनावमा बिजय भएपछि जनता समक्ष देखा नपरेर जनतालाई घोका दिएको धारणा राखेका छन। राजनीतिक दलको प्रतिनिधित्व गरि बिजय भएर सांसद बनेका नेताहरुले हाल सम्म जनताका समस्यामा उत्तरदायी बनेर काम नगरेका र भबिस्यमा पनि काम नगर्ने ठोकुवा गरेका छन।
जनताले आफुलाई बिजय गराएमा गाउँका कुनाकाप्चामा रहेका जनताका समस्यालाई पहिचान गरि सम्बन्धित निकायबाट सम्बोधन गरिने प्रतिबद्धता ब्यक्त गरेका छन। कमाउ धन्दाको कुनै स्वार्थ नराखि देश र जनताको हितमा काम गर्न आफुले स्वतन्त्र उमेदवार दिएकाले झापा क्षेत्र नं.५ का जनताले ट्राफिक प्रहरी चुनाव चिन्हमा मतदान गरि आफुलाई बिजय गराउनेमा आशावादी रहेको बताएका छन। बिगत लामो समय सम्म शासन सत्ता चलाएका राजनीतिक दलहरुबाट जनताका समस्या समाधान नहुदा झापामा पनि सबै क्षेत्रमा समस्याका चाँङ थुप्रिएकाले त्यसको समाधानका लागि स्वतन्त्र उमेदवारका रुपमा जनताका अगाडि आफू उभिएको बताएका छन।

शासन सत्ताको बागडोर समालेका नेताहरुबाट नेपाली भूमिको सिमा अतिक्रम रोक्न नसक्नुका साथै कृषि, शिक्षा, स्वास्थ्य लगायतका समस्या जिउकातिउ रहेको आरोप लगाएका छन। नृताहरुबाट धर्म संस्कृतिको रक्षा नभएको,नेपाली नेपाली बिचमा झैझगडाको स्थिति सृजना गराएको आरोप पनि लगाएका छन।नेपाललाई कृषि प्रधान देश भनेर घोषणा गर्ने नेताहरु खेती गर्ने समयमा किसानले मल बीउ चाहियो भनेर कराईरहदा नेताहरु मुखदर्शक भएको समेत धारणा राखेका थिए।

भारतीय पक्षबाट नेपाली भूमिको पटकपटक सिमा अतिक्रमण भएको र त्यसको समाधानका लागि देशभक्त नागरिक समाजले ज्ञापनपत्र बुझाउदा समेत सरकारी तवरबाट सुनुवाइ नभएको बताएका छन।देशभक्त नागरिक समाजको निर्णय अनुसार आफुले उमेदवारी दिएको स्मरण गराउदै मुलुक भित्र हुने गरेका बिकृती बिसंगतीको अन्त्य गर्दै युवालाई स्वदेशमा रोजगार, धर्म संस्कृतिको रक्षाका लागि ट्राफिक प्रहरी चुनाव चिन्हमा मतदान गरि आफुलाई बिजय गराउन आव्हान समेत गरेका छन।जनताले आफुलाई बिजय गरायमा जनताका समस्या समाधान हुनुका साथै बर्षौ देखि जर्जर समस्याका रुपमा देखिएको नागरिकता समस्या समाधान हुने धारणा राखेका छन।देशभक्त नागरिक समाजका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद चुडालले बानियाले कुनै दलको एजेन्डा नबोकी स्वतन्त्र उमेदवार बनेकाले देश र नागरिकको पक्षमा काम गर्ने भएकाले ढुक्कसँग मतदान गरि स्वतन्त्र उमेदवारलाई बिजय गराउन आव्हान गरेका छन।

तपाईको प्रतिक्रिया