Online Bichar
शुक्रबार, साउन ०४, २०८१ | Friday, July 19, 2024

बिर्तामोड, ५ कार्तिक २०७९ । पूर्व सञ्चारकर्मी हाल जापानमा बसेर व्यवसायमा क्रियाशील तनुजा शर्माले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि ११ हजार रुपैयाँ प्रदान गरेकी छिन् ।

शनिबार बिर्तामोडस्थित महासंघको कार्यालय पुगेर शर्माले महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीलाई उक्त रकमको चेक प्रदान गरिन् । केही वर्षदेखि जापानमा बस्दै आएकी शर्मा त्यहाँ व्यवसायसंगै विभिन्न संस्थामा रहेर सामाजिक काममा समेत सक्रिय छिन् ।
उनले पत्रकारको सामाजिक सुरक्षा, भौतिक विकास र क्षमता अभिवृद्धिका क्षेत्रमा महासंघ झापाले गरेको कामबाट आफू गौरवान्वित भएको बताइन् । पत्रकारको हितका लागि आगामी दिनमा अझ सहयोग गर्ने उनले बताइन् ।

रकम हस्तान्तरण कार्यक्रममा महासंघका उपाध्यक्ष केशव भट्टराईले महासंले गरिरहेका कामको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा महासंघका कोषाध्यक्ष रञ्जित प्रसाईं, कार्यसमिति सदस्य बिनोद पाण्डे, रञ्जित प्रसाई लगायतको सहभागिता थियो ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।

तपाईको प्रतिक्रिया