Online Bichar
शनिबार, माघ १२, २०८१ | Saturday, January 25, 2025

धनकुटा, ३ असोज २०७९ । नेपाल पत्रकार महासंघ भोजपुर शाखाका उपाध्यक्ष सन्देश किरातीको आज अपराह्न निधन भएको छ ।

बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा ३२ वर्षीय किरातीको निधन भएको हो । दम, सुगर तथा उच्च रक्तचापबाट पीडित उनको आईसीयुमा उपचार भइरहेको अवस्थामा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

उनी रेडियो भोजपुरको स्टेसन म्यानेजर तथा धरानबाट प्रकाशन हुने ब्लाष्ट दैनिकका संवाददाताको रुपमा कार्यरत थिए । उनकी श्रीमती शारदा तामाङ समेत पत्रकार महासंघ सदस्य तथा पत्रकारिता पेसामा संलग्न रहेको महासंघ भोजपुरका अध्यक्ष एक्सन राईले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया