Online Bichar
बिहिबार, माघ १०, २०८१ | Thursday, January 23, 2025

झापा, २ कार्तिक २०७९ । झापामा मलामी बोकेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । झापाको शिवसताक्षी नगरपालिका कुञ्जिबारीबाट मलामी जाँदै गरेको बस पूर्वपश्चिम राजमार्ग शिवसताक्षी नगरपालिका-९ झर्नाबस्तीमा आज (बुधबार) दिउँसो १ बजे बस दुर्घटनामा परेको हो । घाइतेमध्ये तीन जनाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कनकाई नदीको मुक्तिघाटमा शवको दाहसंस्कार सकेर मलामी लिएर फर्किँदै गरेको ना ७ ख २६५१ नम्बरको बस सडक छेउको रुखमा ठोकिँएर दुर्घटनामा परेको हो । घाइतेमध्ये २७ जनाको बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचार भइरहेको र दुई जनाको भने स्थानीय अस्पतालमा उपचार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

अगाडि रहेको अर्को बसले आकस्मिक ब्रेक लगाउँदा मलामी बोकेको बस चालकले जोगाउन खोज्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया