झापा, ३१ असोज २०७९ । झापामा मोटरसाइकलहरु एकआपसमा ठोक्किदा चालकहरु २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-२ का २५ वर्षिय अनिस साउदेन र सोहि ठाउँ वडा नं.६ बस्ने ४३ वर्षिय भोलाराज भुजेल रहेका छन् ।
अन्दाजी ४ः४५ बजेको समयमा बिर्तामोड नगरपालिका-२ बेलडाँगी स्थित दक्षिण बाट उत्तर तर्फ आउँदै गरेको मे ५ प १६०४ न.को मोटरसाइकल र बिपरित दिशा बाट जाँदै गरेको मे ३ प ५५८० न.को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मे ३ प ५५८० न.को मोटरसाइकल चालक साउदेन र मे ५ प १६०४ न.को मोटरसाइकल चालक भुजेल,४२ वर्षिया श्रीमती चन्द्रकला भुजेल , ९ वर्षिया छोरी प्रशना भुजेल घाईते भई उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड पठाईएको थियो । उपचारको क्रममा दुवै मोटरसाइकल चालकहरुको आज ५ः२५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।
घाइतेहरु मृतक भुजेल कि श्रीमती र छोरी लाई बिएण्डसी अस्पताल बाट थप उपचारको लागी बिर्तासिटी अस्पताल लगी उपचार भइरहेको प्रवक्ता पाठकले बताउनुभयो । दुवै सवारी साधन इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको, साथै उक्त घट्ना सम्बन्धी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।