झापा, ३१ असोज २०७९ । विक्रम संवत २०१२ असोज ३१ गते प्रहरी ऐन–२०१२ मा लालमोहर लागेको दिनको सम्झनामा प्रत्येक वर्ष आजकै दिन प्रहरी दिवस मनाउने गरिन्छ । नेपालमा पहिलो प्रहरी ऐन लागू भएको ६७ वर्ष पुगेको उपलक्ष्यमा देशभर ६७ औं प्रहरी दिवस मनाइएको छ । यसै दिनको स्मरणमा जिल्ला प्रहरी कार्यालय झापाले ६७ औं प्रहरी दिवस मनाएको छ ।
प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालको प्रमुख आतिथ्यता तथा प्रहरी उपरीक्षक विश्वमणि पोखरेलको सभापतित्वमा आयोजित कार्यक्रमकाबीच यो दिवस मनाइइएको हो । कार्यक्रममा झापाका जिल्ला न्यायाधिवक्ता प्रकाश गौतम, , नेपाल रेडक्रस सोसाइटी, झापाका सभापति लोकराज ढकाल, महिला अधिकार कर्मी रेखा अधिकारी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, लगायतको आतिथ्य रहेको थियो ।
प्रहरी नायव उपरीक्षक वसन्त पाठकले स्वागत सहित प्रहरी महानिरीक्षकको शुभकामना संन्देश वाचन गरेको कार्यक्रममा अमर प्रहरीहरु प्रति श्रदाञ्जली अर्पण गर्दै अमर प्रहरी परिवारका सदस्यहरुलाई दोसल्ला ओडाई सम्मान सम्मान गरिएको थियो ।