Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

जेबि खड्का
गौरादह, ३१ असोज २०७९ । नेकपा एमालेका स्थाई कमिटी सदस्य तथा प्रदेश सभा झापा क्षेत्र नं ५ क उमेदवार हिक्मत कार्कीले मुलुकमा दिगो बिकाश र राजनीतिक स्थायित्वका लागि आगामी निर्वाचनमा एमालेलाई जनताले बहुमत दिनुपर्ने बताएका छन। प्रेस चौतारी झापाको संयोजनमा गौरादहमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कार्कीले समृद्ध नेपाल र शुखि नेपालीको अभियान एमालेले अवलम्बन गरेकाले जनताले एमालेलाई बिस्वास गरि मतदान गर्ने बताएका छन।

एमाले सरकारमा रहेका समयमा बिकास निर्माणका कामहरु तिब्र रुपमा भएको स्मरण गराउदै कार्कीले राष्ट्रिय गौरबका आयोजनाका साथै अन्य बिकास निर्माणका काम अधिकांश पूरा भएका र केही निर्माणका क्रममा रहेको जानकारी गराएका छन। केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नेपालको गुमेको भुमि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालीको नक्शमा समेटिएकाले अब भारत सँग कुटनैतिक तवरबाट छलफल गर्न बाँकी रहेको धारणा राखेका थिए। सत्ता गठबन्धन दलहरु सँग जनता समक्ष राख्ने चुनावी एजेन्डा नभएकाले एमालेलाई हराउन मात्र चुनावी तालमेल गरेको बताएका छन।

गत स्थानीय निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा उत्रदा दोस्रो भएपनि संघिय र प्रदेश सभा निर्वाचनमा राप्रपा र जसपा सँग केही क्षेत्रमा तालमेल गरेको र एमालेले निति कार्यक्रम, एजेन्डा र घोषणा पत्र सहित जनता समक्ष जाने भएकाले बहुमत आउनेमा संका नरहेको बताएका छन। प्रदेश नं.१ का पुर्ब आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका कार्कीले गठबन्धन दलले एमालेलाई हराउन नागरिकता बिधेकको प्रोपोगान्डा फैलाएको आरोप लगाउदै हल्लाका पछाडि नहिड्न जनतालाई आग्रह गरेका छन। एमाले जनताका साथमा रहेकाले नेपालमा बसोबास गरेका नागरिकले नेपाली नागरिकता पाउनु पर्ने पार्टीको स्पष्ट धारणा रहेको बताएका छन। नागरिकता बिधेकमा जन्मसिद्धका आधारमा नेपाली नागरिकता पाएका नागरिकका छोराछोरीले बंशजको नागरिकता र अन्य मुलुकबाट बिबाह भएर आएमा ७ बर्ष पछि अंगिकृत नागरिकता पाउनु पर्छभन्ने एमालेको धारणा रहेको प्रस्ट पारेका छन।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनादेशबाट बहुमत पाएमा एमालेको नेतृत्वमा बन्ने सरकारले जनताका अनिवार्य आवश्यकता पुरागर्ने धारणा राखेका थिए। एमालेको नेतृत्वमा बनेको सरकारले झापामा हुलाकी सडक निर्माण गरेको, खोलामा पुल निर्माण गरेको, दमकमा भ्युटावर निर्माण कार्य सुरु गरेको बताएका छन। निर्वाचन पछि एमालेको सरकार बनेमा अधुरा काम पूरा हुने गौरीगंजमा रहेको छोटी भन्सार कार्यलयलाई स्तरोन्नती गर्ने, गौरादहको पोखरीलाई पर्यटकीय क्षेत्र निर्माण गर्ने, गौरादह बजार ठेकिटोला सडक कालोपत्र गर्ने लगायतका काम सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी गराएका छन। झापाको कमल ५ पाडाजुङ्गीमा निर्माणको चरणमा रहेको आदिबासी रंगशाला सोहि ठाउँमा बन्ने पनि बताएका छन्।

तपाईको प्रतिक्रिया