Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

झापा, २९ असोज २०७९ । झापामा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम अन्तर्गत झापाको शिवसताक्षीको किरात चोकमा शनिवार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको इको भ्यानले मे ६ प १३९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक शिवसताक्षी ९ निवासी दिप्सन राईको मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यता प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ ।

 

तपाईको प्रतिक्रिया