Online Bichar
शनिबार, माघ १२, २०८१ | Saturday, January 25, 2025

विराटनगर, २८ असोज २०७९ । सिरहाको गोल बजारका एक १८ वर्षीय युवकलाई अपहरण गरी विराटनगरमा ल्याएर फिरौतीको विवादमा हत्या गरेको खुलासा भएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार गोलबजारका १८ वर्षीय अंशु सदालाई असोज २३ गते अपहरण गरी विराटनगरको न्यू अप्सरा गेष्ट हाउसमा राखेर एक लाख फिरौती नदिँदा शुक्रबार बिहान हत्या गरेको अवस्थामा फेला परेको हो ।

सामान्य किसान परिवारका सदालाई मुखमा इट्टाले प्रहार गरेर हत्या गरी शव बक्स पलङमा हालेको आवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले धनुषाका विष्णु मण्डल, राजेश ठाकुर र विराटनरका मनोज कार्कीलाई नियन्त्रणमा लिएको कोइरालाले जानकारी दिए । उनीहरूलाई विराटनगरको माछापुछ्रे बैंकमा फिरौती रकम लिन जाने क्रममा प्रहरीले पक्राउ गरेको कोइरालाको भनाइ छ ।

 

 

तपाईको प्रतिक्रिया