Online Bichar
आइतबार, माघ २७, २०८१ | Sunday, February 9, 2025

झापा, २६ असोज २०७९ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि झापामा खोलिएको म्यादी प्रहरीको भर्नामा ३ हजार ४ सय ९० जना उत्तीर्ण भएका छन् । ६ हजार ९५८ जनाले दरखास्त दिएकोमा ३ हजार ४ सय ९० जना उत्तीर्ण भएका छन् भने ६ सय ९८ जनाले वैकल्पिकमा नाम निकालेका छन् ।

म्यादी प्रहरीको रिजल्ट हिजो (मंगलबार) प्रकाशित गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक बसन्त पाठकले बताउनुभयो । प्रवक्ता पाठकले उत्तीर्ण हुनेहरुलाई असोज २७ गते दिउँसो १ बजे प्रवेशपत्र र नागरिकताको प्रमाणपत्र लिएर उपस्थित हुन सूचित गरिएको जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया