Online Bichar
बिहिबार, माघ १०, २०८१ | Thursday, January 23, 2025

गौरादह, २६ असोज २०७९ । भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छलेर ल्याइएको बेवारिसे लत्ताकपडा प्रहरीले बरामद गरेको छ । करिब ५ लाख रूपैयाँ बराबरको लत्ताकपडा झापाको मेचिनगरबाट प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मंगलबार राती अन्दाजी १० बजेको समयमा मेचिनगर नगरपालिका७ बाट ३ लाख ५० हजार मूल्य बराबरको कपडा बरामद गरेको थियो । यस्तै, बुधबार बिहान अन्दाजी २ बजेको समयमा मेचिनगर नगरपालिका६ बाट १ लाख ५० हजार मूल्य बराबरको कपडा बरामद गरीएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त ठाकुरले जानुदिनुभयो । दुवै सामानहरु आवश्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भइरहेको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया