Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

जेबि खड्का
गौरादह, २२ असोज २०७९ । गौरादह नगरपालिका वडा नं.७ को ग्वालडुब्बामा भब्य रुपमा दशैं मेला लागाइएको छ । दशैं मेलाको अवसरमा बिगत बर्षहरुमा झैं लोपोउन्मुख संथाल जातिको नृत्य प्रतियोगिता भएको थियो। प्रतियोगितामा यश क्षेत्रका ६ वटा टोली सहभागी भएका थिए।

गौरीगंज गाउँपालिकाका जियोड झर्ना संथाल युवा समूह प्रथम, सगरमाथा सन्थाल अमर क्लब दोस्रो र गौरादहको शान्ति सन्थाली युवा क्लब तेस्रो भएका थिए। न्यु झकास सन्थाली क्लब गौरादहले सान्त्वना पुरस्कार पाएका थिए । प्रतियोगितामा प्रथमले १६ हजार ५ सय, दोस्रोले १३ हजार, तेस्रोले १० हजार र सान्त्वना हुने समुहले ८ हजार र प्रमाणपत्र पाएका थिए । सहभागीता जनाए बापत बाँकी दुई समुहलाई प्रति समूह ६ सयका दरले नगद पुरस्कार पाएका थिए।

दशैं मेला मुल समारोह समितिको आयोजनामा लगाइएको मेलामा यश क्षेत्रका स्थानीय बासिहरुको उपस्थिति रहेको थियो।ग्वालडुब्बा बजार ब्यबस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति चुडा बहादुर भुजेलले दक्षिण क्षेत्रमा दशै पर्वको अवसरमा लागइने मेलाको औचित्य माथि प्रकाश पारेका थिए। कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं.१ का कृषि मन्त्री झलक सिंह दर्लामीले बहुजाती बहुभाषिहरुको बसोबास रहेको हाम्रो देशमा सबै जातजातिहरुको संरक्षण र प्रबर्द्धन गर्न आवश्यक रहेको बताएका थिए।प्रदेश सरकारले गौरादहको बिकासका लागि बजेट बिनियोजन गरेको बताएका थिए। त्यस अवसरमा सभाषद मोहोन टुडु, नेकपा एमाले प्रदेश कमिटी सदस्य मदन अधिकारी, कृषि बैज्ञानिक अनिल कृष्ण प्रसाईं, गौरादह नगरपालिकाका मेयर छत्रपती सुवेदी, समाजसेवी अमर बहादुर बिष्ट लगायतले शुभकामना मन्तब्य राखेका थिए। ग्वालडुब्बा बजार ब्यबस्थापन समिति सचिब केशब पौडेल, हरि बस्नेत र उमेश खरेलले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया