Online Bichar
आइतबार, माघ १३, २०८१ | Sunday, January 26, 2025

काठमाडौं, २१ असोज २०७९ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने व्यक्तिले कर, राजस्व, शुल्क र दस्तुर तिर्न बाँकी नरहेको घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ ।

आयोगले आज शुक्रबार विज्ञप्ति जारी गर्दै उम्मेदवार बन्नेहरूले स्वघोषणा गर्नुपर्ने सूचीमा सरकारी पेस्की र बेरुजु तिर्न बाँकी नरहेको घोषणा गर्नुपर्ने उल्लेख गरेको छ । यसैगरी उम्मेदवार हुने व्यक्तिले विदेशको स्थायी आवासीय अनुमति पत्र (डीभी वा पीआर) नलिएको हुनुपर्ने पनि आयोगले जनाएको छ ।

निर्वाचनका लागि यही मिति २०७९ असोज २३ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्ने छ । त्यस्तै, मनोनयन दर्ता गर्नुअगावै स्पष्ट भई स्वघोषणापत्रमा दस्तखत गर्न आयोगले सूचित गरेको छ ।

 

तपाईको प्रतिक्रिया