Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

गौरादह, २१ असोज २०७९ । झापाको गौरादहमा ताजपुरिया कला संस्कृति विकास समितिको ४औं वार्षिक उत्सव एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ । गौरादह नगरपालिका-१ स्थित ताजपुरिया समाज कल्याण परिषदको केन्द्रिय कार्यालयमा आयोजित ताजपुरिया कला संस्कृति विकास समितिको ४औं वार्षिक उत्सव तथा सम्मान कार्यक्रम बिहिबार सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय गायक सीताराम ताजपुरियाले उद्घाटन गर्नु भएको कार्यक्रममा ताजपुरिया भाषाका गीत संगीतलाई अघि बढाउन क्रियाशील व्यक्तित्वलाई सम्मान गरिएको थियो । सो अवसरमा ताजपुरिया भाषाको गीतसंगीत लाई अघि बढाउन अग्रसर हुनुहुने व्यक्ति भविन ताजपुरिया लाई सम्मान गरिएको थियो। ताजपुरिया भाषाका गीतसंगीतको क्षेत्रलाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको समितिका अध्यक्ष चन्द्र प्रसाद ताजपुरियाले बताउनुभयो । आगामी दिनहरूमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदैजाने अध्यक्ष ताजपुरियाले बताउनुभएको छ । वार्षिक उत्सवमा मनोरञ्जन सँगै एक आपसमा शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न भएको थियो ।

कार्यक्रममा ताजपुरिया भाषा पृष्ठ गोरखापत्र राष्ट्रिय दैनिकका सम्पादक तेजेन्द्र ताजपुरिया, ताजपुरिया समाज कल्याण परिषदका कोषाध्यक्ष शैलेन्द्र ताजपुरिया र सदस्य गौरसिंह ताजपुरिया, बाबुराम ताजपुरिया, दिगम ताजपुरिया, देव ताजपुरिया लगायतको सहभागिता रहेको थियो। ब्याज वितरण (गम्छा) समितिका सदस्य रेणु ताजपुरियाले गरेका थिए। चन्द्र प्रसाद ताजपुरियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत् मन्तव्य समितिका बरिष्ठ उपाध्यक्ष राजकुमार ताजपुरिया ले गर्नुभएको थियो भने, समितिका सदस्य सकेन्द्र ताजपुरियाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया