Online Bichar
मंगलबार, चैत्र ०६, २०८० | Tuesday, March 19, 2024

काठमाडौं, १५ असोज २०७९ । काठमाडौं महानगरपालिकाले डोजर चलाएको विरोधमा काठमाडौंका स्थानीयवासीहरुले शनिबार साँझ प्रदर्शन गरेका छन् ।

बांगेमुढास्थित सामुदायिक भवन (थायमदु त्वाःछे) मा त्यहाँका स्थानीयवासीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका हुन् ।

महानगरपालिकाले शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवनमा डोजर चलाएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवा विरोधी होसियार जस्ता नारा लगाएका थिए । उनीहरुले महानगरपालिकाको वडा नम्बर २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् ।

 

तपाईको प्रतिक्रिया