Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

शान्ति सुब्बा
गौरादह, १४ असोज २०७९ । झापाको गौरादह नगरपालिकाले तीन महिना गरेका महत्वपूर्ण कामहरु र उपलब्धीहरुको विवरण सार्वजनिक गरेको छ । शुक्रबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरि स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीहरुले पद बहाल गरेको समय देखि भदौ मसान्त सम्मको महत्वपूर्ण कामहरु र उपलब्धीहरुको विवरण सार्वजनिक गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले महत्वपूर्ण कामहरु र उपलब्धीहरुको विवरण प्रस्तुत गर्नुभएको थियो । विवरणमा पद बहाल गरेका दिन विपन्न गर्भवती आमाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्य भएकोमा भदौ मसान्त सम्म सम्म ५५ जनालाई सेवा उपलब्ध गराइएको, आर्थिक वर्ष २०७९/८० को वार्षिक निती तथा कार्यक्रम र वजेट नगर सभा सभाबाट पारित भएकोमा सभामा छलफल भई विभिन्न मितिमा चार पटक नगरसभाको बैठक बसेको, सभाबाट पास भएको कुल वजेट ७८ करोड ४ लाख ६ हजार ८ सय १३ सभाबाट पास भएका ऐन तथा कानुनमा गौरादह नगरपालिकाको स्वास्थ्य सेवा तथा सरसफाई ऐन,२०७५ को संशोधन, गौरादह नगरपालिकाको स्वास्थ्य बिमा संयोजन समिति गठन संचालन सम्बन्धि कार्यविधी,२०७९ , हालसम्म बसेको कार्यपालिकाको १० वटा बैठकमा विभिन्न ९५ वटा निर्णय, बेरुजु फछर्यौटमा जिल्लाको १५ पालिका मध्ये तेस्रो, नगरपालिका मध्ये पहिलो , निःशुल्क रेविज खोप सेवा कार्यक्रम संचालनमा हालसम्म ३० जनाले सेवा पाएको, कार्यालयको आन्तरिक संचार प्रणाली संचालन अन्तर्गत कार्यालय भित्र  IP Phone Intercom System जडान तथा संचालन, अपांगता परिचय पत्र वितरण अन्तर्गत क वर्ग १३, ख वर्ग २४, ग वर्ग ११, घ वर्ग १, जेष्ठ नागरिक परिचय पत्र वितरण २३ जनालाई, १७ जनाको स्वास्थ्य बिमा गरिएको छ ।

यस्तै, नगर अस्पतालमा ल्याबको स्तरोन्नती अन्तर्गत हेमाटोलोजी एनालाईजरको व्यवस्थापन, गौरादह नगर अस्पतालको लागि जग्गा प्राप्ति प्रक्रियामा रहेको, नगर अस्पताल र स्वास्थ्य बिमा कार्यक्रम संचालनका लागि स्वास्थय बिमा कायक्रमको लागि नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड प्रथम चरणको समन्वय कार्य भएको नगर अस्पतालमा ओपिडी सेवा सुरु, विशेषज्ञ डक्टर १, मेडिकल अधिकृत २, रेडियोग्राफर १ र फर्मासिष्ट १ जना सहितको जनशक्ति करारमा लिई सकेको, शिक्षातर्फ निरन्तर अनुगमन भइरहेको आर्थिक वर्ष २०७९/०८० मा ५ वटा विद्यालयहरुलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्राप्त भएको, कृषि र पशु विकास तर्फ भएका कार्यहरु अन्तर्गत बाली विकास अधिकृत र पशुचिकित्सक सँग करार सम्झौता, रेविज खोप २२५, पशु विमा ८८० र सुंगुर वितरण ४५०, भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालय अन्तर्गत गरिव घर पहिचान तथा परिचयपत्र वितरण सम्बन्धमा गरिब घर पहिचान तथा परिचयपत्र वितरण अन्तर्गत विभिन्न वडाहरुमा गणकहरु खर्टाई निर्देशिकामा उल्लेख अनुसारको तथ्याङ्क संकलन भएको लगायतका अन्य महत्वपूर्ण कार्यहरु र उपलब्धीहरुको विवरण सार्वजनिक गरिएको छ ।

यसैबीच पत्रकारहरुले गरेका प्रश्नहरुको जवाफ दिनुहुँदै नगर प्रमुख छत्रपति सुवेदीले अब हरेक तीन/तीन महिनामा पत्रकार सम्मेलन गरेर नगरले गरेका कार्यहरुको बारेमा जानकारी गराउने साथै नगरपालिकाको कार्यलाई पारदर्शी बनाउँदै लाने बताउनुभयो । कार्यक्रममा उप प्रमुख जलवर्षा राजवंशी, वडा १ का वडाध्यक्ष तथा प्रवक्ता नगेन्द्र भण्डारी लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया