Online Bichar
सोमबार, मंसिर १९, २०७९
Monday, December 5, 2022

गौरादह, १२ असोज २०७९ । झापाका पत्रकार शेखर सेढाई नेपाल प्रजातान्त्रिक पत्रकार संघको संयोजकमा मनोनयनहुनु भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनलाई युगद्रष्टा ,राजनेता, प्रजातन्त्र समाजवादका प्रवर्तक जननायक वी.पी. कोईरालाका विचारहरुलाई जनस्तरसम्म पुर्याउने उद्देश्यले स्थापना भएको नेपाली काँग्रस वी.पी. केन्द्रीय समितिको असोज ९ गते बसेको केन्द्रिय समितिको निर्णयले सेढाइ लाई नेपाल प्रजातान्त्रिक पत्रकार संघको संयोजकमा मनोनयन गरेको हो ।

शेढाइ विगत दुइ दशक देखी भापामा रहेर पत्रकारी गर्दै आउनु भएको छ । सेढाइ रेडियो नेपालको झापा संवाददाता का साथै ग्लोवल संचार मिडिया प्रा.लि द्वारा सन्चालित ग्लोवल टिभीको सम्पादक समेत हुनुहुन्छ ।

 

 

तपाईको प्रतिक्रिया