गौरादह, १२ असोज २०७९ । झापाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिर्तामोड नगरपालिका-५ पाथिभरा टोल स्थित बाट लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले ईलाम नगरपालिका-२ का २२ वर्षिय केबिन्द्र गोले, सोही ठाउँका २७ वर्षिय गोम्बु दोर्जे गोले र पाँचथर फाल्गुनन्द गाउँपालिका-५ का ३२ वर्षिय सन्त लिम्बु पक्राउ परेका हुन् ।
उनिहरुलाई शंका लागि चेकजाँच गर्दा १३ ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता पाठकले बताउनुभयो ।
यस्तै, मेचीनगर नगरपालिका६ मेचीपुल छेउबाट इलाका प्रहरी कार्यालय काकरभिट्टा लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटीएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदैं गरेको रामेछाप नगरपालिका-८ का ३० वर्षिय बिजय लामालाई ७५ ग्राम ब्राउन सुगर, नेपाली नगद १० हजार र एउटा सामसुङ मोबाईल सहित फेला पारी पक्राउ गरीएको प्रवक्ता पाठकले बताउनुभयो । पक्राउ परेका लामालाई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।