Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

कैलाली, ९ असोज २०७९ । कैलालीमा अविरल वर्षाका कारण बाढी आएको छ । मोहना र खुटिया नदीमा आएको बाढीमा फसेका ३२ जनाको सकुशल उद्धार गरिएको छ ।

धनगढी उपमहानगरपालिका १८ नुक्लीपुरस्थित मोहना र खुटिया नदीको दोभानमा आइतबार साँझ करिब ६ बजे अचानक बाढी आउँदा ३२ जना बाढीमा फसेका थिए ।

फूलबारी डिपो बजारभन्दा २ किलोमिटर पश्चिममा पर्ने सो दोभान क्षेत्रमा फसेकाहरूको उद्धार गरिएको धनगढी उपमहानगरपालिका १८ का वडाध्यक्ष भुवन रिजालले जानकारी दिनुभयो ।

नदी पारी गाईबस्तु चराउन गएका तथा भारत गएकाहरु फर्किने क्रममा नदीमा फसेका हुन् । प्रहरीले अहिले त्यहाँ उद्धारको कार्यलाई जारी राखेको छ ।

 

तपाईको प्रतिक्रिया