Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, ४ असोज २०७९ । झापामा कार आफै अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा कार चालक सप्तरी लेगडा-५ का ४४ वर्षिय बलराम यादव र कारमा सवार सुनसरी ईटहरी उपमहानगरपालिका-१० कि ३० वर्षिया गिता चौधरी रहेका छन् ।

आज(मंगलबार) अन्दाजी ४ः१०बजेको समयमा शिवसताक्षी नगरपालिका-१० शैनिक चोक स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बा १४ च ९१०८ नं. को कार आफै अनियन्त्रित भई उत्तर साइडमा रहेको बरको रुखमा ठक्कर खाएको थियो । घाईते सबैलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडमा पठाइएकोमा यादव र चौधरीको उपचारको क्रममा ४ः५५ बजेको समयमा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

यस्तै, मोरङको सुन्दर हरैंचा नगरपालिका-६ कि ४० वर्षिया रिता चौधरी, ईटहरी उपमहानगरपालिका-८का २७ वर्षिय तेजन चौधरी, धरान उपमहानगरपालिका-१५ का ३६ वर्षिय बिविनस दास र सोही ठाउँका ३३ वर्षिय राजेश चौधरी गरि घाइते ४ जनाको उपचार भइरहेको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया