Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, ४ असोज २०७९ । काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका सर्लाहीका व्यवसायीको मृत्यु भएको छ ।

सर्लाहीका व्यवसायी लाल मोहम्मदको गोली प्रहारबाट मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँ स्रोतले जनाएको छ ।

मोहम्मदको उपचारका क्रममा मृत्यु भएको हो । उनको शरीरमा ४ राउन्ड गोली प्रहार भएको प्रहरी जनाएको छ । घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल पनि बरामद गरेको छ ।

सोमबार साँझ साढे ६ बजे मोहम्मदलाई अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया