Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

जेवी खड्का
गौरादह, ३ असोज । इलाका प्रहरी कार्यलय गौरादहमा चार्डबार्ड लक्षित शान्ति सुरक्षा कायम गर्ने सन्दर्भम अन्तरक्रिया सम्पन्न भएको छ । गौरादह नगरपालिका भित्र चोरी लुटपाट तथा शान्ति सुरक्षा कायम राख्न इन्धन अभावको कारण चुनौती देखिएको छ। ठूलो भुगोल भएको गौरादह नगरपालिका भित्र शान्ति सुरक्षा कायम राख्न प्रहरीलाई आवस्यक इन्धन व्यवस्थापनमा स्थानीय सरकार पन्छिदा चुनौती थपिएको हो।

ईलाका प्रहरी कार्यलय गौरादहले चार्डबार्ड लक्षित नगरभित्र शान्ति सुरक्षा कायम शीर्षकमा गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर छत्रपती सुवेदीले प्रहरीलाई सवारीसाधन संचालनमा सदैब इन्धन उपलब्ध गराउन नसकिने बताएका हुन ।

चार्डपर्ब तथा अन्य समयमा सुरक्षा निकायलाई थोर बहुत इन्धन उपलब्ध गराउने जनाएका मेयरले अन्य अवस्थामा इन्धन उपलब्ध गराउन नसकिने जनाएका छन्। सुरक्षा निकायलाई इन्धन उपलब्ध गराउदा बेरुजु आउने बताउदै मेयर सुवेदीले प्रहरीले आफ्नो स्रोतबाट इन्धन व्यवस्था गर्नुपर्ने बताएका छन्। व्यावसायि असोक चुडालले नगरमा शान्ति सुरक्षा कायम र चोरी तथा लुटपाट नियन्त्रण गर्न प्रहरीलाई स्थानीय सरकारले इन्धन उपलब्ध गराउनु पर्ने बताएका थिए।

जनप्रतिनिधि तथा कर्मचारीलाई निजी कार्यक्रमका लागि इन्धन उपलब्ध गराउने स्थानीय सरकारले शान्ति सुरक्षा कायम राख्ने प्रहरीलाई पनि इन्धन उपलब्ध गराउनु पर्ने धारणा राखेका थिए। अन्तरक्रिया कार्यक्रममा वडा नं १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले चोरी तथा लुटपाटमा जोगिन नागरिक पनि सचेत हुनुपर्ने बताएका थिए। नागरिकले भिडभाडमा जाँदा बहुमुल्य गहना नलगाउने र सिमित पैसा बोकेर जानु पर्ने बताएका छन्। चार्डपर्ब नजिकिदा बढ्दै गएको चोरी तथा लुटपाट नियन्त्रण गर्न स्थानीय स्तरमा गठन गरिएका टोल बिकास समितिले पनि निगारानी गर्न सहयोग पुर्याउनु गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले बताएका छन्।

अन्तरक्रिया कार्यक्रममा ईलाका प्रहरी कार्यलय गौरादहका प्रमुख चन्द्रिका कुमार श्रेष्ठले नगरपालिका भित्र देखिएका समस्याका बारेमा जानकारी गराएका थिए। प्रहरी प्रमुख श्रेष्ठले प्रहरीले नियमित कार्य गरिरहेपनि नगर भित्र हुने गरेका चोरी तथा लुटपाट नियन्त्रण, सडक बत्ती बिस्तार, लागूऔषध नियन्त्रण, जुवातास नियन्त्रण, महिला हिंसा, होटल व्यावसाय साँझ पख बन्द गर्ने समय, सिस क्यामरा जडान लगायतका बिषयमा सहभागीहरु सँग सल्लाह सुझाव मागेका थिए। कार्यक्रममा संघ संस्थाका प्रतिनिधि, ब्यापारी, जनप्रतिनिधि, बुद्धिजीवी, स्थानीय बासि र पत्रकारहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया