Online Bichar
आइतबार, माघ १३, २०८१ | Sunday, January 26, 2025

गौरादह, २ असोज २०७९ । झापामा प्रतिबन्धित लागुऔषध सहित १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचिनगर नगरपालिका-१३ तेलिबारी फुलबासा चौकबाट सोही ठाउँकी ४३ वर्षिया भारती राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

आज(आईतबार) अन्दाजी ६ बजेको समयमा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले ती महिलालाई शङ्का लागी चेकजाँच गर्दा उनको साथबाट ४ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । यस्तै, प्रहरीले उनको घरबाट ८ ग्राम ब्राउन सुगर, एक थान डिजिटल तराजु र नगद ३ लाख ५३ हजार ५ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । ब्राउन सुगर र नगदसहित पक्राउ परेको महिलालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया