Online Bichar
बुधबार, साउन ०२, २०८१ | Wednesday, July 17, 2024

बिर्तामोड, १ असोज २०७९ । विश्वकर्माको पूजाको अवसर पारेर हाम्रो टेम्पो हाउस बिर्तामोड–५ ले बिर्तामोड–५का वडाध्यक्षसहित सात जना टेम्पो चालकलाई सम्मान गरेको छ । हाम्रो टेम्पो हाउसले बिर्तामोड–५का वडाध्यक्ष रोहित प्रसाईं , टेम्पो चालकहरु वेदप्रकाश पाठक, नारायणप्रसाद न्यौपाने, ओम भारती, प्रकाश लावती, उज्जवल विष्ट, कमलराज गोले र उत्कृष्ट कर्मचारी नाहिद मिया रहेका छन् ।

टेम्पो चालकहरुलाई सवारी नियमको पालना गर्दै यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याएको भन्दै उत्कृष्ट चालकको रुपमा सम्मान गरिएको हाम्रो टेम्पो हाउसका सञ्चालक तथा प्रोप्राइटर लोकेन्द्र घिमिरेले बताए । उनीहरुलाई बिर्तामोड–५का वडाध्यक्ष रोहित प्रसाईं , बिर्ताज्योति साप्ताहिकका सम्पादक तथा प्रकाशक तुलसीप्रसाद निरौला , हाम्रो टेम्पो हाउसका सञ्चालक तथा प्रोप्राइटर लोकेन्द्र घिमिरेलगायतले खादा र सम्मान पत्र प्रदान गरेका थिए । सोही कार्यक्रममा इलाम र झापाका एकसय भन्दा वढी टेम्पो चालकहरुलाई पोशाक समेत प्रदान गरिएको थियो ।

हाम्रो टेम्पो हाउसका सञ्चालक तथा प्रोप्राइटर लोकेन्द्र घिमिरेको अध्यक्षता तथा बिर्तामोड–५का वडाध्यक्ष रोहित प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा टेम्पो चालक वेदप्रकाश पाठकले स्वागत गरेका थिए । कार्यक्रममा बिर्तामोड–५का वडाध्यक्ष रोहित प्रसाईं ,बिर्ताज्योति साप्ताहिकका सम्पादक तथा प्रकाशक तुलसीप्रसाद निरौलाले शुभकामना मन्तव्य राख्दै सवारी नियमको पालना गर्दै टेम्पो कुदाउन टेम्पो चालकहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा सहभागी टेम्पो चालकहरुले हाम्रो टेम्पो हाउसले सम्मान गरेर हौसला प्रदान गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

विगत चार वर्षदेखि पाथीभरा टोल रोड नंं.१ शनिश्चरे रोड बिर्तामोडमा सञ्चालनमा आएको हाम्रो टेम्पो हाउसले टेम्पो खरिद बिक्रीसहित टेम्पो सम्वन्धी मर्मत तथा सम्पूर्ण काम गर्दै आइरहेको हाम्रो टेम्पो हाउसका सञ्चालक तथा प्रोप्राइटर लोकेन्द्र घिमिरेले बताए । कार्यक्रमको सञ्चालन टेम्पो चालक सुजन भट्टराईले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया