Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

अछाम, १ असोज २०७९ । अछामका विभिन्न ४ ठाउँमा शुक्रबार राति पहिरो जाँदा १७ जनाको मृत्यु भएको छ । त्यस्तै शनिबार दिउँसो १ बजेसम्म ६ जना बेपत्ता रहेको स्थानीय प्रशासनले जनाएको छ ।

अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार तुर्माखाद गाउँपालिका वडा नम्बर-५ नाडामा ४ जनाको शव जनाको शव जनाको शव फेला परेको छ ५ जना अझै बेपत्ता रहेका छन् ।

त्यस्तै ढकारी गाउँपालिका वडा नम्बर-६ ढुंगाचाल्नामा १ जनाको शव फेला परेको छ । १ जना अझै बेपत्ता रहेको र ५ जना घाइते भएको रिजालले बताए । कमलबजार नगरपालिका वडा नम्बर ८ डुंगालामा ५ को शव फेला परेको र १ जना घाइते भएको उनले बताए ।

कमलबजार नगरपालिकाकै वडा नम्बर ६ हातीबाँझमा मा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते रहेको रिजालले बताए । तीन दिनदेखिको निरन्तर वर्षाका कारण अछाममा बिजुली, सडक अवरुद्ध भएको छ भने जनजीवन अस्तव्यस्त रहेको छ । घाइतेको थप उपचारका लागि हेलिकप्टरमार्फत उद्वार भइरहेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया