गौरादह, ३१ भदौ २०७९ । झापामा टिफर र मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-५ का ४६ वर्षिय सागर पौडेल रहेका छन् ।
कन्काई नगरपालिका-४ मा शुक्रबार(आज)अन्दाजी ३ः३० बजेको समयमा पूर्व पश्चिम राजमार्ग माईपुल स्थितमा पूर्व तर्फ आउँदै गरेको प्रदेश ०३-००१क००९१ नं. को टिफर र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १-०१-०१३ प ८३१९ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक पौडेल र पछाडी सवार मृतकको श्रीमती ४० वर्षिया गिता पौडेल घाईते भई बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचार भई रहेकोमा ५ः४५ बजेको समयमा मोटरसाइकल चालक पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।
टिफर चालक मकवानपुर गडी गाउँपालिका-८ का २३ वर्षिय रत्न लामा र दुवै सवारी साधन ईलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको प्रवक्ता पाठकले बताउनुभयो ।