Online Bichar
शुक्रबार, फाल्गुण ०२, २०८१ | Friday, February 14, 2025

गौरादह, ३१ भदौ २०७९ । झापामा दुई जना नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध लाई प्रहरीले पक्राउ गरेको छ । ११ र १७ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा मेचिनगर नगरपालिका-१२ का ७३ वर्षिय कपिल मनि पौडेललाई हिंजो(बिहिबार) अन्दाजी १० बजेको समयमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

बलात्कृत भएका २ जना बालिकाहरु दिदी बहिनी रहेका छन् । आरोपित पौडेलले दुवैजना दिदि बहिनीहरुलाई विभिन्न समयमा पटकपटक उनिहरुकै घरमा जबरजस्ति करणि गरेको बताइएको छ । १७ वर्षिया नाबालिका ३ महिनाको गर्भवति समेत रहेको जनाइएको छ । ईलाका प्रहरी कार्यालय अनारमनिबाट प्रहरी टोली खटि गई आरोपित पौडेललाई पक्राउ गरि थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता पाठकले बताउनुभयो ।

 

 

 

 

तपाईको प्रतिक्रिया