Online Bichar
शनिबार, साउन ०५, २०८१ | Saturday, July 20, 2024

गौरादह, २७ भदौ २०७९ । झापामा ट्रकको ठक्करबाट एक पैदल यात्री महिलाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका-२ कि ३५ वर्षिया तुलसा खवास लामाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

आज(सोमबार)अन्दाजी २ बजेको समयमा भद्रपुर नगरपालिका-२ र ३ स्थित देउनिया पुलमा पृथ्वीनगरबाट भद्रपुर तर्फ आउदै गरेको प्रदेश १-०१-००१ ख ३६५९ नं.को ट्रकले  विपरित दिशाबाट जादै गरेको पैदल यात्रीहरु  तुलसा खवास लामा र उनकि २ वर्षिया छोरी रुक्साना लामालाई ठक्कर दिई अनियन्त्रित भई पुलबाट देउनिया खोलामा खसेको थियो ।

ट्रक खस्दा उक्त ट्रकको सह-चालक बिर्तामोड नगरपालिका-२ का २४ वर्षिय अनिल हस्दा, सोही ठाउँका ५२ वर्षिय बुद्दलाल राजबंशी समेत घाईते भएकोले ४ जनालाई नै उपचारको लागी प्रादेशिक मेची अस्पताल भद्रपुर पठाएकोमा उपचारको क्रममा घाईते तुलसा खवास लामाको ३ः२० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । घाइते ३ जनाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जनाइएको छ । ट्रक चालक पाँचथर हिलिहाङ गाउँपालिका-६ का २४ वर्षिय योगेश सिटौला प्रहरीको नियन्त्रणमा रहेको साथै घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया