Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

जेबि खड्का
गौरीगंज, २७ भदौ २०७९ । झापाको दक्षिणी क्षेत्रमा लागू औषध ओसारपसार, प्रयोग र नियन्त्रण चोरी चुनौतीको रुपमा देखिएको छ। बजार तथा गाउँका सानातिना चौक क्षेत्रमा रहेका पसल र गाउँघरबाट नगद तथा सामान चोरी हुन थालेपछि चुनौती थपिएको हो।दक्षिणी क्षेत्रका मुख्य ठाउँ गौरादह र गौरीगंज बजार तथा अन्य सानतिना चौकमा समेत चोरी तथा लुटपाट बढेको छ। चाडबाड नजिकिदै जाँदा चोरीका घटना बढेका छनभने नगद तथा बहुमुल्य बस्तु जोगाउन नागरिकलाई समस्या भएको छ।

बजार तथा चौक क्षेत्रमा भएका पसलहरु रातिको समयमा चोरी हुने गरेका छन। बजारमा भिडभाड भएको समयमा कहिले काँही दिनढाडै लुटपाट पनि हुने गरेको छ। चोरीका घटना बढ्दै जाँदा नागरिक समुदायमा त्रास बढेको छ। चोरी तथा लुटपाट बढ्दै जाँदा स्थानीय संघ संस्था तथा क्लबहरुले नियन्त्रणका लागि पहल गर्न थालेका छन। गौरादह क्षेत्रमा हुने गरेका चोरीका घटना नियन्त्रण गर्न गौरादह-३ को धिमधिमे युवा क्लबले प्रहरीको ध्यानाकर्षण गराएको छ।क्लबका पदाधिकारीहरुले ईलाका प्रहरी कार्यलय गौरादह र दमकमा ध्यानाकर्षण पत्र बुझाउदै चोरी तथा लुटपाटका घटना निस्तेज पार्न क्लबले सदैब सहयोग गर्ने जानकारी गराउदै प्रहरीको भूमिका बढाउनु पर्ने बताएका छन।

गौरीगंज क्षेत्रमा पनि चोरीका घटना बढ्न थालेपछि नियन्त्रणका लागि झापा उद्योग बाणिज्य संघ शाखा गौरीगंजले नागरिक तथा संघ संस्थाका प्रमुखहरु सँग सल्लाह सुझाव लिएको छ।गौरीगंज उद्योग बाणिज्य संघमा भएको अन्तरक्रिया कार्यक्रममा चोरी नियन्त्रण गर्न लागू औषध ओसारपसार र प्रयोग कर्तालाई नियन्त्रण गर्नु पर्ने सुझाव दिएका छन।झापा उद्योग बाणिज्य संघका अध्यक्ष मखना महत्तोको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा चोरीका घटना बढ्नुमा बेरोजगारी समस्या र लागुऔषध प्रयोग बढ्नु, चोरी तथा लुटपाटका घटना बढ्नुका प्रमुख कारण देखिएको स्थानीयले बताएका छन। युवा समुदायमा लागुऔषधको प्रयोग बढ्दै जाँदा चोरी तथा लुटपाटका घटना बढ्न थालेको स्थानीयको भनाइ छ। लागुऔषध प्रयोगका कारण चोरी तथा लुटपाटका घटना बढ्नुका साथै युवाहरुले ज्यान समेत गुमाएका छन। दक्षिणी क्षेत्रमा भारत सँग खुल्लानाका भएका कारण लागू औषध ओसारपसार तथा प्रयाग कर्ता बढेको बताएका छन। लागू औषध प्रयाग कर्ता बढ्दै जाँदा चोरी, लुटपाट र अपराधीक क्रियाकलाप बढेको उनीहरूको भनाइ छ। लागुऔषध ओसारपसार नियन्त्रणमा सिमा क्षेत्रमा प्रहरीले निगारानी बढाउनु पर्ने सुझाव दिएका छन।

स्थानीय सरकारले युवाहरुलाई लागुऔषध प्रयोगबाट जोगाउन प्रभावकारी कार्यक्रम अगाडि ल्याउनु पर्ने बताएका छन।युवा युवतीहरुको जमघट हुने स्थान बिद्यालय, क्याम्पस लगायतका स्थानमा जनचेतना मुलक कार्यक्रम गर्नुपर्ने सुझाव दिएका छन। चोरी तथा अपराधीक क्रियाकलाप नियन्त्रण गर्दै समाजमा शान्ति कायम गर्दै नागरिकको जिउधनको रक्षा गर्न प्रहरीले आफ्नो ठाउँबाट भुमिका निर्वाह गरिरहेको ईलाका प्रहरी कार्यलय गौरीगंजका प्रहरी प्रमुख जितेश दाहालले जानकारी गराए। सिमाक्षेत्रमा प्रहरीले नियमित चेकजाँच गरिरहेकाले लागुऔषध नियन्त्रणमा नागरिकहरुले पनि प्रहरीलाई सहयोग गर्न प्रहरी प्रमुख दाहालले अनुरोध गरेका छन।चोरी, लुटपाट तथा अपराधीक क्रियाकलाप नियन्त्रण र न्युनिकरण गर्न प्रहरीले हरदम प्रयास गरिरहेकाले नागरिकहरुले पनि त्यसता ब्यक्तिहरुको जमघट हुने ठाउँका बिषयमा प्रहरीलाई जानकारी गराउन आग्रह गरेको ईलाका प्रहरी कार्यलय गौरादहका प्रहरी प्रमुख चन्द्रिका कुमार श्रेष्ठले जानकारी गराए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया