Online Bichar
बिहिबार, माघ १०, २०८१ | Thursday, January 23, 2025

गौरादह, २२ भदौ २०७९ । झापामा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ३ वटा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज(बुधबार)बिहान अन्दाजी ९ः२० बजेको समयमा मेचीनगर नगरपालिका-७ पालिया खोलाबाट र अन्दाजी ५ः१५ बजेको समयमा अर्जुनधारा नगरपालिका-७ फुलमति खोला स्थितबाट २ वटा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अस्थाई प्रहरी पोष्ट ईटाभट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-७ पालिया खोलाबाट अवैध रुपमा नदिजन्य बालुवा उत्खनन् गरी लाने क्रममा प्रदेश १-०१-००२ त १०८ नं. को ट्रयाक्टरलाई आवश्यक कार्वाहीको लागी मेचिनगर नगरपालिकाको कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।
त्यस्तै, प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-७ फुलमति खोलाबाट अवैध रुपमा २ वटा ट्रयाक्टरले ढुङ्गा, बालुवा उत्खन्न गर्दै गर्दा पक्राउ गरी आवश्यक कार्वाहीको लागी अर्जुनधारा नगरपालिकाको कार्यालयमा बुझाउने तयारी भइरहेको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया