Online Bichar
आइतबार, माघ १३, २०८१ | Sunday, January 26, 2025

काठमाडौं, २१ भदौ २०७९ । चितवन र नवलपुरलाई जोड्ने नारायणगढस्थित नारायणी नदीको पुलबाट आज मंगलबार बिहान एक युवक हाम्फालेर वेपत्ता भएका छन् ।

बिहान सवा नौ बजेतिर नाम थर नखुलेका अन्दाजी २५/३० वर्षका युवक पुलबाट हाम्फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटना थाहा भए लगत्तै वडा प्रहरी कार्यालय नारायणगढको टोली विपद् उद्धार सामग्रीसहित घटनास्थल पुगेको थियो ।

बेपत्ता युवकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया