Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

गौरादह, १९ भदौ २०७९ । झापामा १ लाख ३० हजार बराबरको अवैध चिनि बरामद गरिएको छ । आईतबार(आज)अन्दाजि २ः४० बजेको समयमा बाह्रदशी गाउँपालिका-३ राजगढ बजार स्थित रहेको पशु हाटको खाली सार्वजनिक स्थानमा प्रहरीले अवैध रुपमा चिनि बरामद गरेकोे हो ।

इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा अवैध रुपमा चोरी पैठारी गरी भारतबाट नेपाल ल्याई राखेको ४० बोरा (२० क्विन्टल)अन्दाजी मूल्य १ लाख ३० हजार बराबरको ईन्डियन चिनि फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । आवश्यक कार्वाहीको लागी भद्रपुर भन्सार कार्यालय झापा बुझाएको प्रवक्ता पाठकले बताउनुभयो।

तपाईको प्रतिक्रिया