गौरादह, १८ भदौ २०७९ । झापाको कमलमा आगलागि हुँदा एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । आज(शनिबार)बिहान अन्दाजी २ः४० बजेको समयमा आगलागि हुँदा कमल गाउँपालिका-७ का सर्ब कुमार लिम्बुको काठले बनेको दुई तले घर जलेर नष्ट भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार आगलागि विद्युत सर्ट भएर भएको हुन सक्ने बताइएको छ । आगलागिबाट अन्दाजी १० लाख बराबरको क्षति भएको छ भने, उक्त घरमा कोही पनि नबस्ने भएको हुनाले मानविय क्षति नभएको प्रहरीले जनाएको छ । आगलागि स्थानीयबासी, प्रहरी र दमकलको सहयोगमा बिहान ५ बजे नियन्त्रणमा लिइएको थियो ।