गौरादह, १७ भदौ २०७९ । झापामा हात्तीको आक्रमणबाट एक जना स्कुटर चालक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-५ का कुमार श्रेष्ठको ३४ वर्षिया श्रीमती सम्झना श्रेष्ठको मृत्यु भएको हो ।
शुक्रबार(आज) अन्दाजी ५ः४० बजेको समयमा मेचिनगर नगरपालिका-९ थोप्लेविरान सामुदायिक वन स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे७प २०४६ नं. को स्कुटी चालक श्रेष्ठलाई जंगलबाट आएको हात्तीले आक्रमण गर्दा घाईते भई उपचारको लागि आम्दा अस्पताल धुलाबारीमा पठाइएकोमा उपचारको क्रममा साँझ ६ः३० बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता पाठकले बताउनुभयो ।