काठमाडौं, १७ भदौ २०७९ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले कक्षा १२ को नजिता शुक्रबार अपराह्नमा सार्वजनिक भएको जानकारी दिनुभयो ।
प्रमुख अर्यालका अनुसार नियमिततर्फ ३ लाख ६३ हजार ८, ग्रेड वृद्धितर्फ ३ हजार ४५ र आंशिकतर्फ ३ हजार १ सय ३२ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।
त्यस्तै, ४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । नियमिततर्फ ३८ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ भने ग्रेड वृद्धितर्फ तीन र आंशिकतर्फ दुई जनाको परीक्षा रद्द भएको जानकारी उहाँले दिनुभयो ।
परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
कक्षा १२ को नतिजा सजिलैसँग प्राप्त गर्नको लागि लेन्डलाइन र मोबाइल बाट १६०१ डायल गरी निर्देशन अनुसार सिम्बोल नम्बर थिच्नुहोस् वा एसएमएस बाट NEB टाइप गरी १६०१ मा पठाउनुहोस्।
https://neb.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिन्छ ।