Online Bichar
मंगलबार, माघ २९, २०८१ | Tuesday, February 11, 2025

गौरादह, १६ भदौ २०७९ । कर्तब्य ज्यान मुद्धाका फरार प्रतिबादी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको सिवसताक्षी नगरपालिका-८ का ३७ वर्षिय दिप्सन लावती लाई पहरीले पक्राउ गरेको हो ।

लावती माथि २०६३ असोज ३ गतेको फैसला पुनरावेदन परी तत्कालिन पुनराबेदन अदालतबाट २०६५ वैशाख १७ गते जन्म कैद हुने ठहरी फैसला भएको थियो । सो फैसला उपर समेत पुनराबेदन परी सर्बोच्च अदालतबाट २०६५ फागुन २३ गते पुनराबेदन अदालतबाट भएको फैसला सदर भई जन्म कैद ठहरेको कर्तब्य ज्यान मुद्धामा फरार रहेको लावतीलाई प्रदेश प्रहरी कार्यालय बिराटनगर को रिजनल इन्भेस्टिगेसन टिम(RIT) र जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको संयुक्त प्रहरी टोलीले (बिहिबार) आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

लावतीलाई कैद भुक्तानको लागी कारागार कार्यालय चन्द्रगढी झापा पठाइएको प्रवक्ता पाठकले बताउनुभयो । उनले १ बर्ष ७ महिना २४ दिन थुनामा बसिसकेकोले अब १८ बर्ष ४ महिना ६ दिन कैद भुक्तान गर्न बाँकी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया