Online Bichar
शनिबार, जेठ १२, २०८१ | Saturday, May 25, 2024

गौरादह, १४ भदौ २०७९ । झापाको मेची नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन् । भद्रपुर नगरपालिका-४ रंगिला चोक का भुपाल भुजेलको १८ वर्षिय छोरा सामुएल भुजेल हिँजो(सोमबार) दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । भुजेललाई मंगलबार(आज)बिहान ८ः४५ बजेको समयमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

सोमबार अन्दाजी ४ः४० बजेको समयमा भद्रपुर नगरपालिका-४ नर्सीङ बगान छेउ स्थित मेची नदीमा पौडी खेल्ने क्रममा भुजेल बेपत्ता भएका थिए । भुजेललाई नदीले बगाएको जानकारी प्राप्त हुनासाथ ५ः१० बजेको समयमा प्रहरी चौकी महेशपुर र वप्रका भद्रपुरबाट प्रहरी टोली खटी खोजतलास गर्ने क्रममा बगाएको स्थान देखि अन्दाजी ७ कि.मि. दक्षिण भद्रपुर-३ स्थित मेची नदीको किनारमा भुजेललाई मृत अवस्थामा फेला पारि अनुसन्धान भइरहेकोे प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया