गौरादह, १३ भदौ २०७९ । झापाको मेची नदीमा पौडी खेल्ने क्रममा एक जना युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भद्रपुर नगरपालिका-४ रंगिला चोक का भुपाल भुजेलको १८ वर्षिय छोरा सामुएल भुजेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।
सोमबार(आज)अन्दाजी ४ः४० बजेको समयमा भद्रपुर नगरपालिका-४ नर्सीङ बगान छेउ स्थित मेची नदीमा पौडी खेल्ने क्रममा भुजेल बेपत्ता भएका थिए । भुजेललाई नदीले बगाएको जानकारी प्राप्त हुनासाथ ५ः१० बजेको समयमा प्रहरी चौकी महेशपुर र वप्रका भद्रपुरबाट प्रहरी टोली खटी खोजतलास भई रहेकोमा हालसम्म फेला नपरेको प्रवक्ता पाठकले बताउनुभयो ।