Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, १२ भदौ २०७९ । चाडपर्व नजिकिए सँगै झापाको गौरादहमा दिन प्रतिदिन चोरी, लुटपाट जस्ता घट्ना बढदै गएको छ । हिँजो(शनिबार) राती अन्दाजी ११ः२० बजेको समयमा गौरादह नगरपालिका-२ र ३ को धिमधिमे चोकमा रहेको प्रविन बस्नेत र होम बहादुर बस्नेतले संचालन गर्दै आएको परिस्मा ट्रेडस र बस्नेत ट्रेडसमा चोरी भएको हो ।

ति चोरहरुले प्रविन बस्नेतले संचालन गर्दै आएको किराना र भाँडावर्तन पसलबाट खाने तेल, चुरोट, राइस कुकर, थर्मस र नगद ३ हजार ५ सय गरि ५० हजार, होम बहादुर बस्नेतले संचालन गर्दै आएको किराना पसलबाट ३५ हजार नगद, चुरोट र रेडबुल गरि ४० हजार गरि करिब ९० हजार बराबरको चोरी गरेको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । ति चोरहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । यस्तै, बस्नेतद्वय को पसलमा चोरहरुले चोरी गर्दै गरेको अवस्थाको सिसि टिभि फुटेज सामाजिक सञ्जालमा पनि सार्वजनिक गरिएको छ । सिसि क्यामेरामा कैद भएको भिडियो र फोटो अनुसार चोरी गर्न आउने ३ जना पुरुष रहेका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया