Online Bichar
सोमबार, जेठ ०७, २०८१ | Monday, May 20, 2024

गौरादह, ११ भदौ २०७९ । झापामा धारिलो हतियार प्रहार गरि श्रीमतीको हत्या गरेर फरार भएका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । झापा गाउँपालिका वडा नं.६ चन्द्रबस्ती का ४० वर्षिय नाइके हस्दा(सतार)लाई प्रहरीले पक्राउ गरेको हो । सतारलाई आज(शनिबार)बिहान ८ बजे कचनकवल गाउँपालिका-१ को नेपाल भारत सिमाना नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

मादक पदार्थ सेवन गरी घर आएका सतारले शुक्रबार राति अन्दाजी १०ः१० बजेको समयमा श्रीमती तालामाई हस्दा लाई कोखामा धारिलो हतियार प्रहार गरेका थिए । कोखामा छुरा प्रहार गर्दा तालामाईको घटनास्थलमै मृत्यु भएको थियो । घट्ना बारे थप अनुसन्धान भइरहेको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया