Online Bichar
शनिबार, जेठ १२, २०८१ | Saturday, May 25, 2024

गौरादह, ६ भदौ २०७९ । झापाको कमल गाउँपालिकामा  पुरुष लडिरहेको अवस्थामा भेटिएको छ । कमल गाउँपालिका-३ शिवालय मन्दिर स्थित खेतमा अन्दाजी ४०/५० वर्षिय बेवारीसे पुरुष लडिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

हिंजो(आईतबार) ११ बजे तत्काल नाम थर वतन नखुलेको बेवारीसे पुरुष लडिरहेको अवस्थामा छ भन्ने जानकारी प्रहरी चौकी केर्खामा प्राप्त हुनासाथ प्रहरी नायब नीरिक्षकको कमाण्डमा टोली खटि गई हेर्दा मुखबाट रगत बमिट गरिरहेको छारे रोग जस्तो देखिएको अन्य चोटपटक नदेखिएको बताइएको छ । यस्तै, ति व्यक्तिको स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात १ बजे थप उपचारको लागि दमक अस्पताल दमक पठाईएकोमा उनको अवस्था गम्भिर, बोल्न नसक्ने भएकोले चिन्नुहुने बिरामीका आफन्तले दमक अस्पताल तथा ईलाका प्रहरी कार्यालय दमकमा सम्पर्क गर्न भनिएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया